Wednesday, August 5, 2020

मलाई एउटा श्रीमती चाहियो

म त्यो वर्गमा पर्छु जसलाई श्रीमती भनिन्छ | म एउटी श्रीमती हुँ | र, संयोगवस् होइन, म एउटी आमा हुँ |

हालसालै मेरो एक पुरुष साथी भेट भयो जसको भर्खरै डिभोर्स भएको छ | उनको एउटा बच्चा थियो जो पक्कै उनकी पूर्वश्रीमती सँग छ | उनी स्वाभाविकै अर्की श्रीमतीको खोजीमा छन् | एक साँझ आइरन गरिरहेको बेला उनलाई सम्झिए र अचानक मेरो पनि एउटा श्रीमती भए हुन्थियो भन्ने मलाई लाग्यो | मलाई किन श्रीमती चाहियो?

म फेरी स्कूल जान चाहन्छु जसले गर्दा म आर्थिक रुपमा आत्मनिर्भर भई, आफू र परेको खण्डमा आफूमाथि निर्भर हुनेहरुलाई हेर्न सकूँ | मलाई यस्ती श्रीमती चाहिएको छ जसले कमाएर मलाई स्कूल पाठाओस् | र जब म स्कूल जान थाल्छु, मेरी श्रीमतीले मेरो छोराछोरीको हेरचाह गरोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले बच्चाहरुलाई डाक्टर र डेन्टिस्टकोमा लाने समयको ख्याल राखोस् अनि, मेरो पनि | मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरा छोराछोरीहरुको खानपिन र सरसफाईको ध्यान राखोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले छोराछोरीको लुगा धोएर राम्ररी राखोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरो छोराछोरीको राम्रो पालनपोषण गरोस्, उनीहरुको स्कूल जाने व्यवस्था, उनीहरुको साथीभाईहरुसंग सामाजिक जीवनको व्यवस्था, उनीहरुलाई पार्क, चिडियाखाना लैजाने गरोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले बच्चाहरु बिरामी हुँदा उनीहरुको हेरचाह गरोस्, एउटी श्रीमती जसले बच्चाहरुलाई विशेष हेरचाह चाहिएको बेला उनीहरु सँगै हुने व्यवस्था मिलाओस् किनभने मैले स्कूलमा क्लास छोड्न मिल्दैन नि | मेरी श्रीमतीले आफ्नो जागिर नगुमाई केहि समय बिदा बस्ने छोड्न सक्ने व्यवस्था मिलाउनु पर्छ | त्यसले मेरी श्रीमतीको कमाईमा बेलाबेलामा केहि कटौती होला तर म त्यति सहन सक्छु जस्तो लाग्छ | भनिरहनु नपर्ला कि मेरी श्रीमतीले आफू काम गर्न जाँदा बच्चाहरुको रेखदेखको व्यवस्था र खर्च मिलाउने छ |

मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरो शारीरिक आवश्यकताहरुको ध्यान राखोस् | मलाई एउटी  श्रीमती चाहिएको छ जसले मेरो घर सफा राखोस् | एउटी श्रीमती जसले मैले जथाभावी छोडेका कुराहरु ठेगानमा राखोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरो लुगाहरु सफा, आईरन गरेर, मिलाएर, परेको खण्डमा बदलेर राखोस् र जसले मेरो सबै व्यक्तिगत समानहरु तिनीहरुको यथास्थानमा रखिदियोस् जसले गर्दा मलाई चाहिने कुरा चाहिने बित्तिकै मैले भेटौँ | मलाई श्रीमती चाहिएको छ जसले खाना पकाओस्, एउटी श्रीमती जो राम्रो कुक होस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले खानको मेन्यु बनाओस्, चाहिने सरसमान किनोस्, खान तयार गरोस्, खुशीसाथ पस्कियोस् र त्यसपछि सफाई गरोस् त्यतिबेला म पढ्न बस्नेछु | मलाई एउटी श्रीमती चाहिएको  जसले म बिरामी हुँदा मेरो हेरचाह गरोस् र मेरो पीडा र स्कुलको छुटेको समयप्रति सहानुभूति राखोस् | मलाई एउटी श्रीमती चाहिएको छ जो हाम्रो पारिवारले छुट्टी मनाउदा सँगै जाओस् जसले गर्दा मलाई आराम र ठाँऊ परिवर्तन चाहिएको बेला कसैले मेरो र मेरो बच्चाहरुको निरन्तर हेरचाह गर्न सकोस् |

मलाई एउटी श्रीमती चाहिएको छ जसले मलाई श्रीमतीको कर्तव्यबारे गनगन गरेर दिक्क नलगाओस् | तर मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरो पढाईको क्रममा मैले अनुभव गरेको गाह्रो कुरा व्यक्त गर्न मन लागेको बेला मेरो कुरा सुनोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले मैले लेखिसकेपछि मेरा पेपरहरु मेरा लागी टाईप गरोस् |

मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरो सामाजिक जीवनको ध्यान राखोस् | जब म र मेरी श्रीमती मेरो साथीहरुद्वारा बाहिर आमन्त्रित हुन्छौँ, म चाहन्छु एउटी श्रीमती जसले बच्चाहरुलाई हेर्ने मान्छेको व्यवस्था गरोस् | जब म स्कूलमा मलाई मान्न पर्ने मान्छेहरु भेट्छु र उनीहरुलाई मनोरन्जन गराउन चाहन्छु, म चाहन्छु एउटी श्रीमती जसले घर सफा राखोस्, विशेष परिकार बनाओस्, म र मेरो साथीहरुलाई पस्कियोस् र मेरो र मेरो साथीहरुको रुचिको विषयहरुमा मैले कुरा गर्दा मलाई बीचमा नरोकोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले बच्चाहरुलाई मेरो पाहुना आउनु अगाडी नै ख्वाईओरी सुताओस् जसले गर्दा बच्चाहरुले हामीलाई दुख नदिउन् |

र मलाई एउटी श्रीमती चाहिएको छ जसलाई थाहा होस् कि कहिलेकाहीं मलाई एक्लै एक रात बाहिर बस्न पनि आवश्यक छ |  

मलाई एउटी श्रीमती चाहिएको छ जो मेरो यौन आवश्यकता प्रति संवेदनशील होस्, एउटी श्रीमती जसले मलाई मन लागेको बेला जोश र उत्सुकताका साथ मलाई माया गरोस्, एउटी श्रीमती जसले मलाई सन्तुष्ट बनाओस् | र स्वाभाविकै, मलाई एउटी श्रीमती चाहिएको छ जसले मेरो मुड नभएको बेला मसँग शारीरिक सम्बन्धको माग नराखोस् | मलाई एउटी श्रीमती चाहिएको छ जसले गर्भ निरोध सम्बन्धी सम्पूर्ण जिम्मेवारी लियोस् किनभने मलाई धेरै बच्चाहरु चाहिन्दैन | मलाई एउटी श्रीमती चाहिएको छ जो मसँग यौनिक रुपमा इमान्दार रहोस् जसले गर्दा मैले मेरो बौद्धिक जीवनलाई इर्ष्याले अव्यवस्थित गर्नु नपरोस् | र मलाई एउटी श्रीमती चाहिएको छ जसले यो बुझोस् कि मेरो यौन आवश्यकताहरु एकपत्नी नियमको कडा पालना भन्दा अलि बाहिर जान्छ | म, जे भएपनि, मान्छेहरुसँग सक्दो सम्पूर्ण रुपमा घुलमिल हुन सक्नुपर्छ |

यदि, सम्भवत, मैले अर्को मान्छे, जो मेरी श्रीमती हुन मेरी अहिलेकि श्रीमती भन्दा अझै लायककि छ, भेट्टाएँ भने मेरी अहिलेकि श्रीमतीलाई अर्की सँग बदलिने म स्वतन्त्रता चाहन्छु | स्वाभाविकै म एउटा नयाँ जीवनको अपेक्षा राख्छु; मेरी श्रीमतीले छोराछोरी लगोस् र उनीहरुकोलागी नितांत एकलै जिम्मेवार होस् ताकी म स्वतन्त्र रहन सकूँ |

जब म स्कूल सकेर जागिर खान थाल्छु, म चाहन्छु कि मेरी श्रीमतीले काम छोडेर घरमै बसोस् जसले गर्दा मेरी श्रीमतीले अझै पूर्ण र सम्पूर्ण रुपमा एउटी श्रीमतीको कर्तव्य पुरा गर्न सकोस् |

हे भगवान्, श्रीमती कसलाई चाहिन्दैन होला?

प्रस्तुत लेख सन् १९७१ को निऊ योर्क पत्रिकामा प्रकाशित जुडी (साईफर्स) ब्राडीको "आई वान्ट अ वाईफ' को अनौपचारिक अनुवाद हो | ४९ वर्षपछि पनि उत्तिकै सान्दर्भिक महसुस भएकोले यसको अनुवाद गरेको हुँ | हामीले वास्तवमै कति परिवर्तन ल्याएछौँ भन्ने कुरा यो लेख पढेर मनन् गर्नुहोला | 

To read original article in English, go to: 

https://www.thecut.com/2017/11/i-want-a-wife-by-judy-brady-syfers-new-york-mag-1971.html

Tuesday, June 2, 2020

म छोरा भएको भए


आमा, तिमी कति महान तर म कति तुच्छ
आमा, तिमीलाई म सधै गाह्रो पर्दा खोज्छु, तिमीसंग बोल्दा मन हलुङ्गो हुन्छ 
तर आमा तिम्रो जीवन सम्झिंदा मेरो मन रुन्छ
आफ्नो जन्मप्रति अत्यार लाग्छ
आमा, म नभएको भए सायद तिमी पनि खुलेर बाच्ने थियौ
आफ्ना सपना, चाहना सबै पुरा गर्ने थियौ
तर मैले तिमीसँग त्यो सबै अधिकार खोसे
तिमीलाई बलिदानको उदाहरण बन्न बाध्य बनाए
तिमी आमा हुँदिन थियौ त तिमी देवी हुँदिन थियौ
तिमी पनि आम मान्छे सरह आफ्नो जीवन आफ्नो तरिकाले बाँच्ने थियौ
म तिम्रो गर्भमा आएदेखि नै तिमीलाई मैले त्यागको अथाह भवसागरमा धकेंले आमा
त्यहि दिनदेखि तिमीले आफ्नो सबै पहिचान छोडेर मेरा लागी बाँच्न थाल्यौ
तिमीलाई आफ्नो काम छोड्न बाध्य बनाइयो
मेरो हुर्काई तिमीबिना हुँदैन भनेर तिमीलाई सबै कुरा बिर्सेर मैमाथि आफ्नो सर्वस्व केन्द्रित गर्न बाध्य बनाइयो
मेरा लागी तिमीलाई आफ्नो लक्ष्य त्याग्न बाध्य बनाइयो
आमा, तिमीले मेरा लागी गरेका सबै कुराले तिमीले मलाई नतिरीसक्नु ऋण लगायौ भनेर तिमीलाई सानो बनाउँदिन
तर तिमीसँग तिम्रो सपना, लक्ष्य, चाहना, जीवन सबै खोसेकोमा म आफुलाई कहिल्यै माफ गर्न सक्दिन
आमा, तिमीलाई देवी बनाए तर आमा तिम्रो अंश भएर पनि म पापी भए
यो पापको प्रायश्चित म कसरी गरूँ
तिम्रो सपना, इच्छा र जीवन खोसेर लागेको पाप म कसरी पखालुँ
आमा, म छोरा भएको भए सायद मैले तिमीलाई बैतरणी तारेर यो पाप पखाल्थें
तिम्रो पृथ्वीलोक पछिको जीवन सुनिश्चित गरी तिमीलाई मुक्ति दिलाउँथे
तर आमा म छोरीलाई त्यो अधिकार पनि छैन
सायद मैले गरेको पापकै कारणले हो आमा मैले पनि तिमी जस्तै त्याग र बलिदानको उदाहरण बनिदिनुपर्ने
तिमीले गरेजस्तै आफ्नो सपना, इच्छा र लक्ष्यको घाँटी रेट्नुपर्ने
आफुलाई बिर्सेर आफ्नो सन्तानमा हराउनु पर्ने
सायद छोरीले गर्न सक्ने प्रायश्चित यहि नै हो आमा
तर आमा म जुन प्रायश्चितको आगोमा जल्दैछु म फेरी आफ्नो सन्तानलाई त्यहि आगोमा कसरी होम्नु
छोराले त बैतरणी तारेर पाप पखाल्ला तर म आफ्नी छोरीलाई कसरी भनुँ तिमी आफ्नो सबै रहर, इच्छा र लक्ष्यलाई बिर्सिएर त्याग र बलिदानको उदाहरण बन
आफूलाई हराएर अर्कैको लागि बाँच्न सिक, आफ्नो संसार उसैमाथि केन्द्रित गर
मलाई यो कस्तो धर्मसंकटमा पारेऊ आमा तिमीले
तिमीमाथि गरेको अन्यायको पाप पखाल्न मैले आफ्नो सन्तानमाथि अन्याय गर्नुपर्ने
कति राम्रो हुन्थियो होला आमा यदि छोरीले पनि छोराजस्तै बैतरणी तारेर पाप पखाल्न पाउने भए
आफ्नो पापको प्रायश्चित गर्न मैले अर्कोलाई फेरी पापको भागीदार बनाएको छु भन्ने आत्मग्लानीमा बाच्नुपर्ने थिएन |

यसको अडियो सुन्नका लागी यो लिंकमा जानहोस्: https://youtu.be/5VJK8zO2A2g

Friday, May 22, 2020

आमा तिमी देवी नबन


मान्छेलाई पृथ्वीमा जन्म भगवानले दिए भनेर होला आमा तिमीलाई भगवान माने
तर आमा तिमी भगवान नबन, तिमी देवी नबन
तिमी पनि मान्छे नै हौ, तिमी मान्छे नै बन |
तिमीलाई सबैले मिलेर देवी बनाए, पुज्य बनाए, तिमीलाई स्तम्भ माथि लगेर राखे
यति माथि राखे कि तिमी तल हेर्न पनि डरायौ, ओर्लिन पनि सकेनौ
तिमीलाई त्याग र बलिदानको उदाहरण बनाए, निस्वार्थ र अविरल प्रेमको सगर बनाए
तिमीलाई ममताकी खानी र वंशकी जननी बनाए
तिम्रालागि कथा, कविता र श्लोक रचना गरे
तिमीलाई यिनै रचनामा रम्न सिकाए
यसमै रुमल्याए |
आमा तिमी कति सोझी छौ
तिमीले यिनीहरुको चलाखी नै बुझिनौ
तिमीलाई महान बनाएर आमा, यिनीहरु मान्छे बनिरहे
तिमीलाई त्याग र बलिदानमा अल्झाएर आफु सपना र रहर पुरा गरिरहे
तिमी मेरै सेरोफेरो घुमीरहँदा उनीहरु संसार घुमे
तिमी मलाई पछ्याई रहेऊ, उनीहरु आफ्नो लक्ष्य पछ्याईरहे
तिमीलाई आमा बनाएर महान, पुज्य बनाए |
तर आमा तिमी कति सोझी
तिमी आमा बन्न व्यस्त हुँदा तिमीलाई मान्छे बन्नै दिएनन्
तिम्रो सपना, इच्छा, लक्ष्य तिमीलाई छोड्न बाध्य बनाए
आमा तिमीलाई देवीको नामको मिठाई दिएर तिमीसँग तिम्रो जीवन जिउनुको मिठास नै खोसिदिए
तिमीलाई सबै दुख हाँसेर सहन सिकाए
तिमीलाई जननी भनेर अल्मल्याएर आमा, तिम्रो पालनहार आफु बनिदिए
तिमीलाई पुज्य बनाएर आमा आफु शक्तिशालि बनिदिए
तिमीलाई देवी बनाएर आमा तिम्रो सबै मानव अधिकार खोसिदिए
त्यसैले आमा तिमी देवी नबन
तिमी पनि आम मान्छे जस्तै आफ्नो सपना, इच्छा र लक्ष्यको पछि लाग
तिमीले मेरा लागि आफ्नो रहर, सपनाहरु मरेको देखेर म खुशी हुन्न आमा
मलाई यो भारा नबोकाऊ आमा !
आमा, तिमीलाई देवी बनाए
तर आमा तिमी देवी नबन
तिमी पनि मान्छे हौ, मान्छे नै बन
तिमी त्याग र बलिदानको उदाहरण नबन,
आफ्नो इच्छा, चाहना, सपना नमार,
मेरा लागी त नमार !

यसको अडियो सुन्नका लागी यो लिंकमा जानुहोस्: https://www.youtube.com/watch?v=o_A7Icb433A

Sunday, April 19, 2020

एक लघुकथा


बिहान उठेर मुख धोएर यसो कोठामा पसेको चिया त खाट छेउको टेबुलमा आएर बसिरहेको रछ | फोन चलाउदै थिए भोक लागे जस्तो भयो, टाईम हेरेको १० बजेछ अनि भान्सामा पसे, त्यहाँ पनि टेबुलमा तात्तातो खानाले मलाई नै पर्खीराखेको रछ | मैले भात खाईसकेर हात हुने उठेको मात्र के थिए, त्यो मैले खाना खाको थाल पनि पछिपछि लागेर आयो |  साबुन हामफालेर थालमा गयो अनि नाच्न थाल्यो  | आँफै धारा खुल्यो अनि थाल धारा मुनि नुहाउन थाल्यो | मैले खासै वास्ता नगरी आफ्नो कोठातिर पसे त्यहाँ पनि अचम्म तालले मेरो खाटको तन्ना तन्किदै रछ अनि ओड्ने पनि पट्टीएर आफ्नो ठाउँमा बस्दै रैछ | म दङ्ग पर्दै त्यो मिलेको खाटमा लडे | त्यतिबेलै कुच्चो नाच्दै मेरो कोठा आइपुग्यो अनि कुनाकाप्चा चिहाउदै धुलो निकाल्न थाल्यो | मैले धुलो उडायो भनेर गाली पनि गरें त्यसलाई | धुलो र मैले खाएको चकलेटको खोललाई लखेट्दै खै कता पो पुर्यायो होला मैले खासै चासो देखाईन, मेरो कोठाबाट चाहिं बाहिर निकाल्यो, मलाई त्यति भए पुग्यो |
ट्वाइलेट जान खोजेको थिए, मेरा लुगाहरुले त बाटो पो छेकेर पालैसँग नुहाउदै रछन् | रिसले मुर्मुरिदै बाहिर निस्किन लगाए, मलाई ट्वाइलेट जो जानुथियो, उनीहरुको के काम छ र एकछिनमा नुहाए पनि त हुन्छ ! म टिभी हेर्न अर्को कोठामा गएँ, त्यहाँ बाट कुच्चो खुरुरु कुदेर बाहिर गयो, फेरी मेरो गाली खान्छु भनेर होला | टिभीमा पनि केहि राम्रो लागेन र फेरी आफ्नै कोठामा पसे | पानी पिउन मनलग्यो मात्र के भनेको थिए, एउटा गिलास खुरुरु कुदेर छेउमा टक्क अडियो | मैले पानी पिएपछि फेरी फर्केर गयो |
मैले ल्यापटप खोले र फिल्म हेर्न थालेँ | एकछिन पछि भोक लागे जस्तो भयो र म रिसले कराउन के लागेको थिए, मलाई मनपर्ने खाजा अनि चिया बोकेर एउटा किस्ती आतिन्दै आइपुग्यो | आज खाजा ढिलो ल्यायो नि त त्यसैले डराको होला बिचरो | मैले खाजा खाईसकेपछि फेरी त्यो किस्ती भाँडा बोकेर बाहिर निस्कियो | म फेरी फिल्म हेर्न थाले, मलाई अरुले के गर्दैछन्, के गर्न लागेका छन् भनेर चासो दिने फुर्सद कहाँ छ र?
तातो घिऊको मिठो बास्नाले भान्सा तिर जाऊँजाऊँ भएर भान्सा पसेको, टेबुलमा तात्तातो भात मलाई नै कुर्दै रछ | भात खाएर कोठामा पसेर गेम खेल्दै थिए कसैले ढोका ढकढकाए जस्तो लग्यो | ढोका खुल्लै भको थाहापाएर होला बिहान नुहाएका एक थाक लुगाहरु सरक्क पट्टिएर कोठामा आए अनि थपक्क दराज खोलेर भित्र पसे अनि ढोका लगाए | मैले खासै ध्यान दिईन किनभने मलाई अरुको चासो छैन |
आज त फेसबुक नै चलाको छैन भनेर सम्झे र खोले | सब साथीहरु कोहि खाने, कोहि फिल्म हेर्ने, कोहि किताब पढ्ने भनेर बसेका रछन् | केटासाथीहरु अल्छी लाग्यो कहिले लकडाउन सकिन्छ भनेर लेख्दैथिए, केटिहरु मिठो-मिठो परिकारको फोटो हाल्दै थिए | कसरी फुर्सद पाउँदाहुन्? मेरा घरका महिलाहरु त दिनभरी केहि काम नगरी बस्छन् र पनि यस्तो केहि पकाउने बनाउने जाँगर चलाउदैनन् | एकछिन सम्झेर रिसाए अनि रिसको सुरमा कतिबेला निदाएँछु थाहै पाईन |
लकडाउन भएदेखि पितृसत्ताको दिनचर्या यसरी नै बितिरहेको छ |

Tuesday, May 28, 2019

Living with Menstruation


The coverage of menstruation in national dailies today is a little different compared to other days since today being Menstrual Hygiene Day, the write ups are more like features rather than news on deaths as a result of staying in menstrual hut. Although this is a respite, the discussions on existence and continuation of taboos and stigma are no less frustrating.

My Facebook page is no different with my female friends sharing information about awareness on menstrual health and hygiene and how we should break the taboo or how menstruation is special and should be treated like that. Even though I agree that the taboo and stigma attached with menstruation should be ended, I am not so sure about calling it special. It is natural, biological and yes it is normal and I strongly believe that it should be left at being just that. NORMAL. Anything else might get us back to fighting again just under a different circumstance (I will get to this part later).

The restrictions that are imposed may vary across person, family, ethnicity, religion and place although some sort of restrictions may seem to be present in all, for instance, restriction on cooking and/or communal dining or participating in religious rituals. I, for one, am no exception and have been living under most of these restrictions (refraining from cooking, sitting together on the dining table with entire family, going to a temple and participating in religious events) since the day I first bled. However, there are times when I have breached a majority of these restrictions, unfortunately without the knowledge of most of my family members at the time. I did, however, tell them about some of these breaches which the elder generation did not approve.

Born and raised in a traditional Bahun family, I have experienced living in isolation for over a week during my first menstruation to not being allowed into the kitchen and puja room (the later two lasts until today). The family I am married to is no different when it comes to following these 'traditions' and both my families take pride in preserving and practicing our 'sanskar'. Although I do not believe in the consequences that may result from not following menstrual taboos, I oblige by them, like most of my female counterparts, to avoid the conflict in the family. 

Over the years, the breaches I had made assured me that there are no serious or evil consequences that befalls on my family if I do not obey the 'rules of menstruation' and yet I fail, time and again, to convince my family of leaving behind these age old practices. I fall flat in even convincing myself to break a couple of these restrictions which involves the worship of the unseen, the ancestors and the gods. Even though I have entered a temple whilst I bled, I have never been to a puja or an ancestral ritual. There is the years of teaching that my subconscious mind have registered so well that it pulls back my hand when I move forward to touch the 'god'. 

When it comes to menstruation and its rules, most logic do not seem to play. I do not get answers for why I cannot do this or that, rather my queries are brushed aside in the name of practiced tradition or what we call chaliaaeko parampara. At times when it takes a while for me to convince myself of doing something or breaking one rule or another, it is no way possible for me to expect others to leave the practice behind. It will take time, a long time indeed and we have to be patient with them. One thing that I have learned in past few years is that sometimes quietly disobeying is far better and effective than arguing, however, that does not mean we should stop speaking up for ourselves or putting forth our ideas. It is just that we should learn when to speak up and when to stay quiet but not give-in.  

Coming back to the idea of whether menstruation should be left at being normal or should be celebrated for being special, I strongly believe leaving it normal could be a better choice, considering it special or celebrating it may risk bringing it back into the discussion of sacred and profane, pure and impure that we have spent years fighting against though the position may be different. But would not it be better if menstruation was just a natural process, nothing more, nothing less?





Monday, January 8, 2018

Will to fly

I, 
a lively soul, 
full of light and desire to take a flight, 
to aim high and fly up above, above the boundaries, the walls that's set up around me, 
walls to hold me, to restrain me, to hold me down to stop me from flying, 
boundaries, seen boundaries, unseen boundaries, boundaries set for me, a girl, a daughter, a woman, a lover, 
I was born free or so I thought and what a fool I was to think I could ever be free, 
free of these unseen boundaries, 
the boundaries of culture, of traditions and life, of life of a daughter, a sister, a lover, a wife, a mother and million other person that I had to be. 
My wings are tied and nearly clipped, 
I see the feathers lying around me of my wings, my lovely wings that I was born with or so I thought, 
I see it spread all over the place, feathers, white lovely feathers, now covered in red, 
red, the color of passion, of rage and anger but is it anger that I feel or is it pain that I see, 
in those feathers, the lovely white feathers which now bleed, just like me 
and I cry, I cry and scream and try to break free 
but the chains get tighter and tighter holding me. 
Will I ever be free the way I thought I was born to be?

Saturday, November 4, 2017

Understanding Hygiene


The practice of open defecation is still prevalent in many parts of the country despite efforts to raise awareness about health and sanitation practices and the creation of open defecation free (ODF) areas. The government has not been able to meet the target of achieving 100 percent ODF status, and at the same time, there are many challenges involved in the task. According to the 2016 report of the National WASH Coordination Committee, 38 of the country’s 75 districts remain to be declared as ODF areas; but the figure could have decreased as we approach the end of the National Sanitation and Hygiene Master Plan 2011-17. The problem, however, lies not in the delay in meeting the target but the way the project is being implemented.
Alien concepts
The government has built public and private toilets in many villages and municipalities across the country with the help of donor agencies and non-governmental organisations, but it has yet to make people aware of the importance of healthy sanitation practices. Most of the public toilets are in a sorry state—some have broken doors, others are missing taps, some have broken sinks and some lack a water supply. One of the most common problems is the stink that pervades the public toilets and nearby areas. And apart from the lack of water, lack of knowledge among the people about using the available resources properly is another hitch. 
For those who have never seen a toilet before, the facility is not only alien, the concept too is equally strange. During my stay in different villages in both the Eastern and Western regions of Nepal, I came across many people who did not have toilets and but also came across many who did have them in their houses. Most of the toilets had been built less than five to six years ago with the aid of external agents and government and non-governmental organisations working for the improvement of sanitation and health. People in the Tarai who did not have toilets in their houses practiced open defecation in the fields and grasslands. When asked whether there were toilets around, they would casually say no. If anyone in the village had a toilet, they would point in the direction of the house.
People who had recently constructed toilets, whether in the Tarai or in the hills, would rattle off their importance the way NGOs had taught them. It is similar to what we call ‘suga-ratai’ in Nepal. They say, “You should not defecate in open spaces because that will spread diseases and you should also wash your hands after going to the toilet.” However, this is limited to words and not seen in practice. The people have built toilets because it was made compulsory and because they were given money to build them, not because they understood their importance. I am not trying to belittle the efforts of those who have constructed toilets after understanding their need and importance on their own. What I am trying to say is that in order to ensure that the project is implemented properly, it is essential for the people at whom it is targeted to understand its importance and to convince them to use the facilities.
Changing minds
One way to do that would be by setting an example. Keeping the toilets in hospitals and private and public service offices clean could be a start. How will people know about proper maintenance of toilets if they only see stinking, dirty and messy toilets everywhere they go? After that comes regular monitoring of every toilet used by the public—both those in public stalls and in private hotels, restaurants, malls and shopping centres—by municipal and health offices to make sure that they are not violating any health and sanitation standards. This isn’t as difficult as it may sound, and also no additional department might be required since it falls under the work policy and responsibility of the Sanitation and Sewer Section of the Water Supply and Environment Division under the Ministry of Water Supply and Sanitation. All that is needed is a little extra effort in monitoring and evaluating the sanitation condition in different places for which it can mobilise its local bodies.
In addition, open defecation should be completely stopped, and this has to be strictly implemented for passengers on long route vehicles too. As long as vehicles are allowed to stop in the jungle to allow the bus crew and passengers to relieve themselves in the open, the concept of an open defecation free Nepal may not be completely accepted. One hurdle to banning vehicles from stopping in the jungle or open spaces for that purpose is the lack of public toilets on the highways. However, if we are to achieve the goal of an ODF Nepal, we need to start working on constructing toilets along the highways, especially in places where there are no establishments like petrol pumps, hotels or shops. 
Finally, raising awareness is always useful and necessary because without understanding why one is doing something, it would be no different than ‘suga-ratai’. The only difference here would be doing something without understanding the reason instead of repeating words and sentences. Sanitation habits should be made a practice coming from awareness rather than through imitation.

Published: 03/11/2017, The Kathmandu Post
http://kathmandupost.ekantipur.com/news/2017-11-03/understanding-hygeine.html